जन आकाश
काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आफ्नो लिग चरणको अन्तिम खेलमा पन्जाब किंग्समाथि ४ विकेटको शानदार जित हात पारेको छ ।
यो जितले हैदराबादको शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना मजबुत बनेकोछ । २१५ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
ओपनर अभिषेक शर्मा २८ बलमा ५ चौका र ६ चौकासहित सर्वाधिक ६६ रन बनाए । हेनरिक क्लासेन २६ बलमा ३ चौका र २ छक्कासहित ४२ रनमा आउट भए । ओपनर ट्रविस हेड शून्य, राहुल त्रिपाठी ३३ र नितेश कुमार रेड्डी ३७ रनमा आउट भए ।
पन्जाबका अर्शदीप सिंहले २ र हर्षल पटेलले २–२ विकेट लिए । हरप्रीत ब्रार र शशांक सिंहले १–१ विकेट लिए । त्यसअघि राजिव गान्धी इन्टरनेशल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।
ओपनर प्रभशिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रन जोडे । अथर्व टैडे २७ बलमा ५ चौका र २ छक्कासहित ४६, शशांक सिंह २ र जितेश शर्माले ३२ रन बनाए ।
राइली रोसोउ २४ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाउँदै आउट भए । हैदराबादका टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स र विजयकान्थले १–१ विकेट लिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend