logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

‘गाउँ आएको बाटो’ फिल्मको ट्रेलर सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ११ २०८१

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत उल्लेख गर्छ ।



ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । मोटरसँगै आउने लाहुरे, उनीहरुले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा ट्रेलरले पेश गर्छ ।

छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर कथा घुम्छ । सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा यसमा छ ।

यो फिल्मलाई आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको यो फिल्म जेठ २५ गते विश्वभर रिलिज तयारीमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend