जन आकाश
काठमाडौं । समाजमा रहेका समासामुहिक बिषय बस्तुमा आधारित नारी जीवनको कथालाई लिएर गायक शिव सागर खड्काले “बोक्सी” सिरियल आज साझ ६:३० बजे Shiva Sagar Official युटुब च्यानलबाट सार्वजनिक गर्देछन् ।
रोशन सेवकको कथा लेख्न रहेको सिरियलमा नबिन टोलाङगेको छायाँकन र अहिलेका चर्चित निर्देशक संगीत सागर बुर्जाको निर्देशन रहेको छ । उक्त सिरियलमा थुप्रै कलाकारहरुको अभिनय फरक,फरक तरिकाले आर्कषित रुपमा देख्न सकिन्छ । मेन क्यारेक्टरको भुमिकामा शिव सागर खड्का र मन्दिरा थापा रहेका छन् भने कलाकारहरु सुजन खड्का,अनिता पौडेल,बिनोद कार्की, निशा डोटेल , सिर्जना कार्की,रोशन सेवक, नानी भण्डारी लगायत कलाकारहरुको अभिनय शशक्त रुपमा देख्न सकिन्छ ।
नारीको कथालाई लियर निर्माण गरिएको “बोक्सी” सिरियल नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा शन्देस मुलक तरिकाले प्रस्तुत गर्दै जाने यसै सिरियलका निर्मता तथा कलाकार शिव सागर खड्का जन आकाश मिडियासँग बताउँछन् ।
समग्रमा यो सिरियलको टेलर हेर्दा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशक तथा कथा लेख्नको भुमिका देख्न पाइन्छ । ”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend