logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कोलकाता नाइट राइडर्सले जित्यो आइपिएलको उपाधि


  • जन आकाश
  • सोमबार, जेष्ठ १४ २०८१

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।



फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै पूरा गर्‍यो। उपाधि दिलाउने क्रममा कोलकाताका वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे।

ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। सुनिल नारायण ६ रन बनाएर आउट हुँदा कप्तान श्रेयस ऐयर ६ रन जोड्दै नट आउट रहे।

हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १र१ विकेट लिए । कोलकाताले तेस्रोपटक आइपिएलको उपाधि जितेको हो। यसअघि उसले २०१२ र २०१४ मा उपाधि जितेको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend