logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

टी–२० विश्वकप : अभ्यास खेलमा ओमानको जित


  • जन आकाश
  • मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको औपचारिक अभ्यास खेलमा मंगलबार ओमानले पपुवा न्यु गिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो ।



जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने १९.१ ओभरमा सात विकेट गुमाएर एक सय ४१ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । ओमानको जितमा जिसन मक्सुदले ४५ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

खालिद काइलले पनि टोलीको खातामा २७ रन थपे  तल्लो क्रमका ब्याट्सम्यान मोहम्मद नदिमले अविजित २२ रन बनाए । उनले ११ बलमा एक छक्का र तीन चौका पनि हिर्काए । अयान खानले ११ रन जोडे  ओमानले अतिरिक्त रूपमा १२ रन पायो ।

पीएनजीका बलर चाल्र्स अमिनी, काबुआ मोरिया र एली नाओले दुई–दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीका लागि ओपनर लेगा सिआकाले सर्वाधिक २८ रन बनाएका थिए । सेसे बाउले १८ रन जोडे  पीएनजीका अन्य ब्याट्सम्याको प्रदर्शन सन्तोषजनक रहेन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend