जन आकाश
काठमाडौं । गीत सङ्गीतमा धेरै रुचि भएकी सानै उमेरमा विवाह गरेर गीत सङ्गीतलाई निरन्तर दिन नसकेकी दुई सन्तानकी आमा निर्मला नेपाली अवसरको खोजीमा आफ्नो दुख, वेदना बोकेर अर्धखाँचीदेखि जन आकाश मिडिया सम्म आँकिछिन् ।
परिवारको ठुलो जिम्मेवारी, आफ्नो दुई सन्तानको भविष्यको चिन्ता, लोक गायिका बन्ने ठुलो सपना बोकेर निर्मला नेपाली अवसर खोज्दै जन आकाश मिडिया सम्मा आएर आफ्नो गायिका प्रस्तुति देखाएकी छिन् ।
लोक गायिका बन्छु भनेर काठमाडौं आएकी निर्मला नेपाली अवसरको खोजीमा धेरै ठाउँ भतारिएको, काठमाडौंको कुनै पनि ठाउँ थाहा नभएको कतै जानु प¥यो भनी दिदीको साहेतामा हिढ्ने सहरको वातावरणमा घुलमिल नभएको बताउँछिन् ।
हेर्दा सानै उमेर देखिने तर दुई सन्तानको आमा भइसकेकी निर्मला नेपाली मिडियाहरुले धेरै नव गायक, गायिकालाई अवसर दिएको देखेर मलाई नि अवसर दिन्छन् । मेरो आवाज दर्शकले मन पराउँछन् । भनेर अर्धाखाँचीबाट दुई सन्तानलाई घरमा आमा, बुवासँग राखेर आएको बताउँछिन् ।
गाउँले जीवन र गाउँले परिवेशमा हुर्केकी नेपाली सहरमा जति नै सेवा सुविधा भएपनी गाउँघरको माटो, आफू जन्मेको ठाउँ नै प्यारो लाग्ने पछि आफू नाम चलेको गायिका बने पनि आफ्नो गाउँघरमै रमाउने नव गायिका निर्मला नेपाली जन आकाश मिडियाका संवदाता विनोद कार्कीसँग बताउँछिन् ।
पुरा भिडियो हेर्नुहोला ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend