logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

के खेम माया तामाङको गायिका बन्ने सपना पुरा होला त ?


  • जन आकाश
  • मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौं । बोलीमा मिठास आवाजमा एक प्रकारको जादु, हसिली स्वभाव भएकी खेम माया तामाङ बनेपाबाट आफ्नो गायकी प्रस्तुति देखाउन जन आकाश मिडियाको कार्यालय सम्म आइपुगेकी छिन् ।



उनै नव गायिका गीत रेकर्ड गर्न चाहन्छिन् तर गीत रेकर्ड गर्न परिवारको आर्थिक अवस्था एकदमै दयानिय रहेको छ । अहिले पढाइसँगसंगै गीत सङ्गीमा पनि पाइलाहरू चालिरहेकी छिन् । गीत रेकर्ड गर्ने अवसर खोज्दै विभिन्न मिडिया, सर्जक सम्मा पुगेको बताउँछिन् ।

काभ्रेमा जन्मेकी खेम माया सामान्य परिवारमा हुर्केकी चेली हुन् । सानैदेखि गायिका बन्छु भनेर सपना देखेकी खेम माया गाउँघरमा मेलापात, उकाली, ओराली, घाँस, दाउरा गर्दा गीत गुनगुनाउने गर्थिन् । उनको आवाज सुनेर सबैले भविष्यमा गायिका बन्छेस भनेर छरछिमेक, आफन्तहरुले उनलाई हौसला प्रधान गर्ने गर्थे ।

सानैदेखि गीत सङ्गीत क्षेत्रमा भविष्य देखेकी खेम माया स्कुल, कलेजका कार्यक्रममा आफ्नो गायकी प्रस्तुती पस्किने गर्थीन, आफुले गाएको गीत सुनेर स्कुलका साथीभाइ र गुरुहरूले गीत सङ्गीतमा लाग्न सल्हा सुझाव दिने बत्ताउँछिन् ।

गीत सङ्गीतमा लाग्न घरपरिवारको समर्थन रहेको, परिवारले पनि गीत सङ्गीतलाई राम्रोसँग बुझेको तर गीत रेकर्ड गर्न परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको खेम माया बताउँछिन् ।

गीत गाउने र आफ्नो गीतमा आफै अभिनय गर्ने गाउनेसँगै अभिनयमा पनि उतिकै रहर भएकी खेम माया तामाङ गीत गाएर देशलाई चिनाउने सोच बोकेकी छिन् भने गायिका बन्न त्यति सजिलो नभएको घर, परिवार, साथीभाइ सबैको साथ सपोर्ट बिना केही गर्न नसक्ने बताउँछिन् ।

सकारात्मक सोच बोकेर गीत सङ्गीतमा लागेकी खेम माया तामाङ दर्शकको साथ सपोर्ट पाए छिटै गीत निकाल्ने जन आकाश मिडियासँग बताउँछिन् ।

पुरा भिडियो लिङ्कमा दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend