logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत सङ्गीत क्षेत्रलाई भविष्य बनाउने सोच :नव गायक सुमन सिङको


  • जन आकाश
  • मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौं– गाउँको पढाइ सकेर गायक बन्ने सपनाले काठमाडौं छिरेका नव गायक सुमन सिङ अहिले रात्रिकालिन दोहोरीमा काम गर्दे सङ्गीत सिक्दै छन् । उनको जीवनको एउटै सपना छ स्थापित गायक भएर सुमन सिङ नामले देशलाई चिनाउने । ढिलै भएपनी साङ्गीतिक बजारमा चर्चा कमाउने सोच बोकेका, लजालु स्वभाव, मिठो स्वरको धनी सुमन सिङ यति बेला जन आकाश मिडियाको कार्यालयसम्म आएर आफ्नो प्रस्तुति दिएका छन् उनै नव गायकसँग जन आकाश मिडियाका संवदाता विनोद कार्कीले गरेको कुराकानीलाई हामीले यसरी प्रस्तुत गरेका छौँ ।



अहिले काठमाडौंमा के गर्दे हुनुहुन्छ ?
अहिले काठमाडौंमा रोजीरोटीको लागि रात्रि कालिन दोहोरीमा काम गर्दै छु । राति दोहोरीमा काम गर्छु बिहान बेलुकाको समयमा म्युजिक सिक्दै छु । काठमाडौंमा सङ्घर्ष गर्न धेरै गारो रहेछ । थोरै कमाइमा रमाइ राखेको छु ।

गीत सङ्गीतमा लाग्न घर परिवारको साथ सपोर्ट कस्तो छ ?
गीत सङ्गीतमा लाग्न घर परिवारको साथ सपोर्ट नै छैन् । जे गर्छु आफै गर्छु भनेर लागि परेको छु, मेरो घर परिवारले गीत सङ्गीलाई राम्रोसँग बुझ्नु हुर्दैन् भविष्य छैन यो क्षेत्रमा नलाग, विदेश जा भन्नु हुन्छ । तर मलाई यो क्षेत्रमै केही गर्नु छ । सङ्घर्ष गरेर गीत सङ्गीतमा भविष्य छ भनेर परिवारलाई देखाउने सोच बोकेको छु । हेरौं कहाँ पुगिन्छ ।

कस्ता खालको गीत सुन्ने र गुनगुनाउने गर्नुहुन्छ ?
म सुन त सबै प्रकारका गीत सुन्छु तर मन पराउने र गुनगुनाउने भनेको चाहिँ आधुनिक गीत नै हो । म प्राय आधुनिक गीत बढी सुन्ने गर्छु । मेरो आवाज आधुनिक गीतमा मात्र नभएर लोक गीत पनि सुहाँउ छ ।

परिवारको साथ सपोट बिना गीत सङ्गीतमा लाग्न कतिको सहज छ ?
गारो त भई हाल्छ नि सबैको साथ सपोर्ट बिना केही गर्न नसक्ने ठाउँमा लाग्दा । अनि कसैको साथ सपोर्ट नमिल्दा कोही बेला त लाग्छ कसैको साथ सपोर्ट नभएरै पछि परेको हो की जस्तो । तर हार खाएको छैन एक दिन गीत सङ्गीतमा पनि भविष्य छ भनेर परिवारलाई देखाउने छु ।

भोलिको दिनमा गीत सङ्गीतमा कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ ?
भोलिको दिनमा भन्न सकिदैन् कहाँ पुगिन्छ भनेर म्युजिक सिक्दै छु, मेहनत गर्दे छु । मलाई लाग्छ मेरो मेहनतको फल एक दिन पक्कै लाग्ने छ । मेरो आवाजलाई मन दर्शक श्रोताले मन पराइदिए भने छिटै एउटा गीत बजारमा ल्याउने सोचमा छु । भन्दै नव गायक सुमन सिङ जन आकाश मिडियासँग बताउँछन् ।

पुरा भिडियो हेर्न लिङ्क दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend