logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“१२ गाउँ” फिल्मको छायाङ्कन चितवनमा


  • जन आकाश
  • सोमबार, जेष्ठ २१ २०८१

काठमाडौँ । फिल्म ‘१२ गाउँ’को यतिबेला चितवनको सिमरा द्वन्द्वको छायाङ्कन भइरहेको छ । बिराज भट्ट निर्देशक रहेको फिल्मको अहिले द्वन्द्वको छायाङ्कन भइरहेको छ ।



द्वन्द्वका लागि बलिउडबाट सिल्भा मास्टर बोलाइएको छ । सिल्भाले नेपाली द्वन्द्व निर्देशक शंकर महर्जन र देव महर्जनसँगको सहकार्यमा डेब्यु हिरो समीर भट्टको एक्सन सिन खिचिरहेका छन् ।

विराजका छोरा समेत रहेका समीरले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईको समेत फिल्ममा अभिनय रहनेछ ।

ललितपुरको केही दिनको छायांकनपछि चितवन पुगेको फिल्म भोलीबाट हेटौँडामा छायाङ्कन हुनेछ । फिल्ममा कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको अभिनय देख्न सकिन्छ ।

४५ दिनको सेडुल सहित सुरु भएको फिल्मका छायाकार महेश पौडेल हुन् । फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । एक्सन–थ्रिलर जनरामा फिल्म बन्न लागेको हो । फिल्मका प्रोडक्सन म्यानेजर सुवास काफ्ले रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend