logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“शिरफूल” फिल्मको ट्रेलर सार्वजनिक


  • जन आकाश
  • मंगलबार, जेष्ठ २२ २०८१

काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म “शिरफूल” को ट्रेलर सार्वजनिक गरिएको छ। केही वर्षअघि निर्माण भएको फिल्म आउँदो असार ७ गतेदेखि हलमा लाग्दैछ।



यो फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगर लगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा प्रस्तुत छिन्।

फिल्ममा देवराज आले मगरको कथा, राज थापा र राजु युगिनको पटकथा तथा संवाद, श्री श्रेष्ठको एक्सन, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ। आशिर्वाद पु:न मगर फिल्मको निर्माता र माया छन्त्याल पुन सह–निर्माता हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend