logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

धन र जन दुवै अड्याउने नीति ल्याउ


  • जन आकाश
  • बुधबार, जेष्ठ २३ २०८१

नेपालका युवाहरु हरेक दीन विदेशका विकसीत राष्ट्रमा पढ्न जाने नाममा गईराखेकाछन् । उत्तै पढ्दै काम गर्दै पैशा पनि कमाउछन् । पछि विस्तारै ऋण तिरिसक्छन् । अनि बुबा आमालाई उत्तै बोलाउछन् । कतिपय बुबा–आमाहरु छोराछारीले एत्तै विदेशमा आउनुस न भनि बोलाएको कुरा मानेर उत्तै जान्छन् । त्यसपछि उत्तै बस्न थाल्छन् । नातानातिना उत्तै हुन्छन् । त्यसपछि साउको भन्दा ब्याजको माया भने जस्तै नातानतिनाको माया भनेर नेपालको घर जग्गा भएभरको सम्पति बेचेर पोको पारेर उत्तै विदेश लैजान्छन् ।



यसरी देशको उर्जाशील जनशक्ति विदेश पलायन एकातीर छ भने अर्कोतिर देशको धनराशि अर्कोतिरवाट विदेशमा पलायन भईराखेको छ ।

कतिपयले चै नेपालको घर जग्गा नबेचेपनि विदेशमा गएर बस्ने यत्ता काठमाडौमा वा अन्य शहरमा घर भएकाहरुको त मोटो रकम भाडा उठ्छ । त्यो पैशा उठाउने एउटा घर हेदीने मानिस राख्ने र प्रत्येक महिना बैकमा जम्मा गरिदिने चलनले नेपालको धनराशि प्रत्येक दीन विदेशमा गईराखेको छ । यो अरु कुनै गरिव, अनपढ, अशिक्षित समुदायले गरेको काम होइन पढे लेखेका सभ्रान्त परिवार, वा सरकारी निमायमा जागिर खाएकाहरुका परिवार, नेपालमा मध्यस्तरको विजनेस गरिरहेका परिवारहरुले अहिले नेपालवाट यसैगरी जन र धन विदेश लगिरहेका छन् । यस्तो चलनलाई जतिसक्दो चाडो नेपाल सरकारले नीतिगत रुपमा नीति नै बनाएर राक्नुपर्छ ।

देशको लागि खाडी र भारत जाने मजदुर कै योगदान बढी

विकसीत देशमा पढ्न जाने चेतनशील भनिएका उपल्लो बर्गका जस्ता देखिने मानिस भन्दा बरु मजदुरी गर्न जाने खाडी देशहरुमा वा छिमेकी राष्ट्र भारतमा जाने मजदुर वर्गले कमाएर ल्याएको पैशाले नेपालको अर्थतन्त्रलाई ठूलो योगदान गरिराखेको छ ।

त्यस्तै पढ्न जाने नेपाली विद्यार्थीहरुले पनि विदेशमा केही समयको लागि शिक्षा र दिक्षा लिएर नेपाल फर्कने वा त्याहा कमाएको रकम चै नेपालमा पठाउने पवित्र सोच राख्ने हो भने थोरै जनसंख्या भएको नेपालमा विकासले गति लिन सक्थ्यो ।

यस्तो महत्वपूर्ण काम गर्न गराउन सरकारले नीतिगत रुपमा सुधार गरेर पछिल्लो समय बढ्दै गएको नेपालका उच्च वर्गका धनाढ्यका छोराछारी र धनाढ्यहरुले विदेश लगिरहेके रकमलाई नेपालमा नै लगानी गर्ने र विदेशमा पढ्न भनेर गएका त्यतै पढ्दै काम गरि कमाएका पैशालाई नेपालमा ल्याउन आकर्षण कार्यक्रम बनाई नेपालले सदुपयोग गर्न सक्नुपर्छ । यसो गर्न सक्यो भने मात्र देशको विकास हुन सक्छ र उत्कृष्ट सोच भएका मानिसहरु नेपालमा बस्न सक्छन् । त्यस्तो वातावरण छिट्टो बनाउनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend