logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अधुरा गीत सङ्गीतका सपना पुरा गर्दे खड्क चेपाङ


  • जन आकाश
  • बिहिबार, जेष्ठ २४ २०८१

काठमाडौं । गीत सङ्गीतमा सानैदेखि धेरै रुचि, धादिङको बिकट ठाउँमा जन्मेका खड्क चेपाङ आफ्नो साङ्गीतिक प्रस्तुति लिएर जन आकाश मिडियासम्म आएका छन ।



जोकोहीले पनि आफ्नो भविष्य राम्रो होस्, सुखी जीवनमा खुसी नै खुसी मिलोस् भन्ने सोचेका हुन्छन् । त्यस्तै नव गायक खड्का चेपाङको जीवनमा पनि आफ्नै कथा आफ्नै व्यथा लुकेको छ । मन भरी गायक बन्ने रहर, घरको आर्थिक अवस्था कमजोर, परिवारको ठुलो जिम्मेवारी गीत सङ्गीत क्षेत्रमा केही गर्न सकिन्छ की भन्ने आसै आसमा खड्क चेपाङका दिनहरु बित्दैछन् । उनको एउटै मात्र सपना छ गायक भएर आफूलाई चिनाउने र गीत सङ्गीतमा भविष्य छैन भन्नेहरूको लागि भविष्य बनाएर देखाउने सोच बोकेका नव गायक खड्क चेपाङसँग जन आकाश मिडिया प्रा.लि का सम्वाददाता विनोद कार्कीले गरेको कुराकानीलाई यसरी प्रस्तुत गरिएको छ ।

गीत सङ्गीतमा के भविष्य देख्नु भएको छ ?
गीत सङ्गीतमा भविष्य भन्दापनी आफू गायक बन्ने सपना देखेको छु । गीत सङ्गीतमा लागेर भविष्य नै बन्छ भन्ने छैन । मेरो जीवनको कथा, व्यथालाई गीत सङ्गीतबाट दर्शकलाई सुनाउन सके भने मेरो जीवनको भविष्य त्यही नै हो ।

घरपरिवारको साथ,सपोट कतिको पाउनुभएको छ ?
घर परिवारबाट त्यति साथ सपोट पाएको छैन मेरो घर परिवारले गीत सङ्गीतलाई त्यति बुझ्नु हुँदैन बरु छारोले व्यापार बिजनेस गर्दिए हुन्थ्यो, विदेश गइदिए हुन्थ्यो भन्ने सोच्नु हुन्छ । सायद मेरो घरको कमाउने अनि परिवारको जिम्मेवारी समाल्ने मनै भएर होला सायद म पनि सम्पन्न परिवारमा हुर्केको भए मलाई मेरो परिवारले साथ, सपोट गर्नु हुन्थ्यो होला ।

थुप्रै कलाकारको क्यारिकेचर गर्नुहुन्छ । क्यारिकेचर गर्न कतिको सहज छ ?
३० जना भन्दा बढी कलाकारको क्यारिकेचर गर्छु क्यारिकेचर गर्न गारो नै हुन्छ अरूको आवाज निकाल्न सजिलो भने पक्कै पनि हुदैन । मेहनत धरै गर्नुपर्छ ।

कस्ता खालका गीत सुन्ने र गुनगुनाउने गर्नुहुन्छ ?

म पुराना भाकाहरु सुन्ने र गुनगुनाउने गर्छु मलाई पुराना भाका गाउन र सुन्न एकदमै मन पर्छ पुराना भाकामा गाउँघरका सबै कुरा समेटिएका हुन्छन् । म प्राय पुष्कल शर्मा, राजु परियार, राम्जी खाँडका गीतहरू सुन्ने र गुनगुनाउने गर्छु । मलाई एक्दमै मन पर्ने गायक पुष्कल शर्मा हुनुहुन्छ । उहाँका गीत अनि गीतमा भनिएका साहिरीहरु मलाई एकदमै मन पर्छ । म उहाँका गीतहरू सबै सुन्ने गर्छु । अहिलेका युवा पुस्ताले रुचाएका ¥याप गायक भिटेन, लाहुरे भन्छन् मैले अहिले सम्म उहाँहरूका गीत सुनेको छैन । मलाई ¥याप, दोहोरो अर्थ लाग्ने शैलीका गीतहरू मन पनि पर्देन ।

आफ्नो प्रेमिकालाई सम्झेर कहिलेकाहि गीत गाउनु भएको छ ?
छ प्रेमिकालाई सम्झेर गीत गाएको, लेखेको, अनि प्रेमिकालाई सम्झेको रमाइला पलहरू धेरै छन् । उनले छोडेर जाँदा उनको सम्झनामा कति दीनहरू बिताए यो माया भन्ने कुरा पनि भाग्यमा नै लेखेर आएको हुनुपर्दाे रहेछ । अहिले उनी म सँग छैनन् उनको सम्झना मात्रा म सँग छ ।

जन आकाश मिडियाले सञ्चालन गरेको सङ्गीत खबर कार्यक्रम कतिको हेर्ने गर्नुहुन्छ ?
जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रम एकदमै हेर्ने गर्छु । म नियमित यो कार्यक्रमको शुभचिन्तक पनि हो । हामी जस्ता नव प्रतिभाले आफ्नो प्रस्तुति दिने मौका पाएका छौँ । यो कार्यक्रममा नव प्रतिभा मात्र नभएर अग्रज कलाकार पनि आउनुहुन्छ । उहाँहरूका सल्ला सुझाव हामीले लिई राखेका हुन्छौ । नव प्रतिभाको लागि यो कार्यक्रम साझा चौतारी बनिरहेको छ । तपाइहरूसँग भेटेर आफ्ना मनका कुरा राख्न पाउँदा एकदमै खुसी भएको छु । भन्दै नव गायक खड्का चेपाङ जन आकाश मिडियालाई बत्ताउँछन् ।

पुरा भिडियो हेर्न तल लिङ्क दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend