जन आकाश
काठमाडौं । आज शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। नवीन सुब्बा निर्देशित “गाउँ आएको बाटो” र घनश्याम लामिछाने निर्देशित “लण्डन टु पेरिस” रिलिज भएका हुन्।
विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेपछि घरेलु दर्शकमाझ आएको “गाउँ आएको बाटो” मा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बाँसको चोयाको काम गर्ने माइलाको परिवारमा नव निर्मित बाटोले ल्याएको उतार–चढावको कथा फिल्मले प्रस्तुत गर्छ।
महेश राईको कथा, उनी र निर्देशक सुब्बाको पटकथा लेखन रहेको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको हो। आमोद राई र निर्देशक सुब्बा यसका निर्माता हुन्।
त्यस्तै, लण्डन टु पेरिस मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्माको मुख्य अभिनय छ। फिल्मले यात्राको प्रेमकथालाई प्रस्तुत गरेको छ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद रहेको फिल्मको निर्मातामा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend