logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्ड विजयी


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २५ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्ड विजयी भएको छ । समूह चरणको खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो । ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो ।



नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । कप्तान जेरार्ड एरास्मसले अर्धशतकीय पारि खेले । उनले ३१ बल खेलेका उनले ५ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए । जेन ग्रिनले २८, निकोलस डाभिनले २०, डेभिड विसेले १४ र जान फ्रेलिन्कले १२ जोडे । स्कटल्यान्डका ब्राड ह्विलले ३, ब्रेड करीले २ तथा क्रिस सोल, क्रिस ग्रिभ्स र माइकल लिस्कले एक एक विकेट लिए ।

जवाफमा स्कटल्याण्डका जर्ज मुन्से ७ रन बनाएर आउट भएका थिए । उनले १५ बल फेस गेका थिए । मिचेल जोन्सले २० बलमा २६ रन बनाएर पभेलियन दोस्रो विकेटको रुपमा फर्किए । ब्रेन्डन म्याकुलम १७ बलमा १९ रन जोडेर आउट हुँदा स्कटल्यान्डले ६७ रनमा तेस्रो विकेट गुमाएको थियो । कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन र माइकल लिस्कले १७ बलमा ४ चौकाको मद्दतले ३५ रन बनाएपछि खेल स्कटल्याण्डको पक्षमा गएको थियो ।

अन्त्यमा क्रिस ग्रेभ्सले ४ रनको नटआउट पारि खेले । नामिबियाका हेरार्ड एरास्मस २, रेविन ट्रम्पलम्यान, टानगेनी लुन्गामेनी र बर्नार्ड स्कोल्जले समान एक एक विकेट लिए । जितसँगै स्कटल्यान्ड समूह बीमा शीर्ष स्थानमा रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend