logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

भन्सार विभागका महानिर्देशकसँग अटोमोवाइल क्षेत्रका समसामयीक विषयमा छलफल


  • जन आकाश
  • आइतबार, जेष्ठ २७ २०८१

काठमाडौं । जेष्ठ २४ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासंग भेटगरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको थियो ।



सो छलफलमा चौधरीले बर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य अभिबृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरुले मुल्य अभिबृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताए ।

सोही छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले मिति २०८१/०२/२१ मा मालबस्तु छुटाई जैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै बर्तमान समयमा सो तोकिएको समयमा भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीहरुको जाचपास गर्न नसकिने बताउनु हुदै सयम थपका लागि आग्रह गरेका थिए ।

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले भन्सारसंग सम्बन्धित ७ बुंदे लिखित सुझावहरु प्रस्तुत गर्दे टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल बस्तुहरुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरु आयात गर्न सरकारले प्राथमिकता दिनु पर्नु माँग राख्नु हुदै यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने बताए ।

सोही छलफलमा महासचिव उप्रेतीले नेपाल मै सिकेडी मोडेलमा अटोमोवाइल वस्तुहरु पनि उत्पादन गर्न सकिने भन्नु हुदै भारतबाट अटोमोवाइल कवाडी सामानहरु समेत आयात हुदा व्यवसायमा असर परिरहेको बताएका थिए ।

सोही क्रममा महासचिव उपे्रतीले एक्जीम कोडको नविकरण अवधि १ बर्षबाट ५ बर्ष पु¥याउने व्यवस्थाका लागि समेत आग्रह गरे । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोवाइल वस्तुहरुको अनधिकृत आयात हुने गरेको बताउनु हुदै एअरपोर्ट कुरियर मार्फत पनि नेपालमा अटोमोवाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नु पर्नेे धारणा राखेका थिए ।

नाडाका हेलमेट समितिका उपसभापती नारायणप्रसाद पौडेलले हेलमेट जस्तो बस्तु जनताको जीवन शुरक्षासंग सम्बन्धित भएकोले नेपालमा गुणस्तरिय हेलमेटहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्र समेत राख्नु पर्ने धारणा राखे ।

छलफलको अन्त्यमा महानिर्देशक निरौलाले नेपालका अटोमोवाइल क्षेत्रका समस्याहरुका विषयमा आफु जानकार रहेको र नाडाका सुझावहरु मनननीय रहेको बताउँदै  सवारी साधनमा मूल्य अभिबृद्धि कर नलाग्ने व्यवस्था भुलबस भएको बताए ।

त्यसैगरी उहाले उहाले आउदो आषाढ मसान्तसम्म भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको जाँचपास गरि दिन अनुरोध गरे । उक्त छलफलहरुमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend