जन आकाश
काठमाडौं । आर्टमाण्डुको फिल्म ‘ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । पाँचथरको साधुटारबाट छायांकन सुरु गरिएको निर्देशक नवीन चौहानले जानकारी दिए । फिल्मको छायांकन सेड्युल ३५ दिनको रहेको छ ।
फिल्ममा विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका छ । उनीहरुले केही दिनमा छायांकन सेट ज्वाइन गर्नेछन् । निर्देशक चौहानकै लेखन रहेको फिल्म लाघ सुरज कटुवालले सह-लेखन गरेका छन् । फिल्मलाई चिन्तनराज भण्डारीले खिच्दैछन् ।
‘ऊनको स्वीटर’मा एलेक्स पारस, परीक्षा लिम्बू, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे, नरेश लावती लगायतले पनि अभिनय गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend