जन आकाश
काठमाडौं । नेपालका लागि Hyundai Motor Company को आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो भगिनी संस्थालक्ष्मी मोटर कर्पोरेसन (LMC) बाट नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा Hyundai Motor Company उबलथ सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा Hyundai Venue मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु Hyundai Motor Company, Korea वा India मा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
प्रथम चरणमा Hyundai Venue का दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र Hyundai Grand I10 NIOS का साथै – all – new Hyundai Cretaको उत्पादन पनि सुरु हुने जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend