logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भदौं २१ गतेदेखि “देवी” फिल्म प्रदर्शनमा


  • जन आकाश
  • शुक्रबार, असार १ २०८१

काठमाडौं । नेपाली फिल्म “देवी” तीजमा प्रदर्शनमा आउने भएको छ।



निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै भदौं २१ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको फिल्मलाई सञ्जोग राईले निर्देशन गरेका हुन्। पोस्टरमा शिल्पा मास्केको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ।

क्राइम थ्रिलर जनरामा बनेको फिल्ममा शिल्पाका साथमा गौरव पहारी, नाजिर हुसेन लगायतको अभिनय छ। रेमन गुरुङ, नारायण राई र सञ्जोग राई फिल्मको निर्माता हुन्। यसको पटकथा निर्देशक राईले अजय गौतमसँग मिलेर तयार पारेका हुन्।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend