logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

पपुवा न्युगिनीलाई पराजित गर्दै अफगानिस्तान आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश


  • जन आकाश
  • शुक्रबार, असार १ २०८१

काठमाडौं । पपुवा न्युगिनीलाई पराजित गर्दै अफगानिस्तान आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ।



शुक्रबार बिहान भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै अफगानिस्ताले एक खेल बाँकी छँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर १५.१ ओभरमा पूरा गरेको हो।

त्यस क्रममा गुलबदिन नइबले सर्वाधिक ४९ रन बनाए। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरी नट आउट रहे। मोहम्मद नाबी पनि १६ रन बनाएर नट आउट रहे। अज्मतउल्लाह ओमरजइले १३ र रहमानउल्लाह गुर्बाजले ११ रनको योगदान गर्दा इब्राहिम जद्रान शून्यमा आउट भए ।

बलिङतर्फ पपुवा न्युगिनीका एलई नाओ, सिमो कमिय र नोर्मन वनुआले एकरएक विकेट लिए। पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी १९.५ ओभरमा ९६ रनमा अल आउट भएको थियो।

पपुवा न्युगिनीका लागि किप्लिन डोरिगाले बनाएको २७ रन सर्वाधिक रह्यो। ओपनर टोनी उरा ११ रनमा, कप्तान अस्सद भाला ३ रनमा, लेगा सियाका र शेशे बाउ शून्यमा हिरि हिरी १ रनमा, चाड सोपर ९ रनमा र नोर्मन वनुआ शून्यमा आउट भएका थिए।

बलिङतर्फ अफगानिस्तानका फजलहक फारूकीले ३ विकेट लिए। नवीन उल हकले २ र नूर अहमदले १ विकेट लिए। समूह सी बाट अफगानिस्तानसँगै वेस्ट इण्डिज पनि अन्तिम आठमा जाने निश्चित देखिएको छ।

दुवै टिमले तीन तीन खेल खेलेर सबैमा जित निकालेर ६र६ अंक जोडेका छन्। अब अन्तिम खेल एकअर्का सँग खेल्नेछन्। युगान्डाको २ अंक छ। पपुवा न्युगिनी र न्युजिल्याण्ड अंकबिहीन छ। न्युजिल्याण्डले २ खेल खेल्न बाँकी छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend