जन आकाश
काठमाडौं । आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्डलाई फाइदा पुगेको छ।
आइतबार बिहान भएको खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया समूह चरणमा अविजित रहँदै शीर्ष रहेर अन्तिम आठमा प्रवेश गर्दा स्कटल्याण्ड बाहिरिएको छ।
स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टाएको थियो। स्कटल्याण्ड पराजित हुँदा समूहको दोस्रो स्थानमा रहेको इंग्ल्याण्ड अन्तिम आठमा पुगेको छ।
आजको खेल जित्न सकेको भए स्कटल्याण्ड अन्तिम आठमा प्रवेश गर्थ्यो । पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १८० रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको पनि थियो। ट्राविस हेड, मार्कस स्टोइनिस र टिम डेविडको विस्फटक ब्याटिङबाट फराकिलो योगफलका बाबजुद स्कटल्याण्ड बन्यो । हेडले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरी ६८ रन बनाए।
मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र १ छक्का हानेर ५९ रनको योगदान गरे। खेल जिताउन निर्णायक सावित भएका टिम डेविडले १४ बलमा २ चौका र १ छक्का हानेर २४ रन बनाए। अष्ट्रेलियाका अन्य ब्याटर आज चल्न सकेनन्। बलिङतर्फ स्कटल्याण्डका सफयान सरिफ र मार्क वाटले २र२ तथा ब्राड विलले १ विकेट लिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend