जन आकाश
काठमाडौं । मोड्ल सचिन खड्का र अस्विनी शाहीको अभिनयमा “तिमी आवाज हौ मेरो बोलिको” बोलको गीत सुमन केसी अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द दिपेन्द्र खड्को रहेको छ भने सुमन केसी र कल्पना तामाङले मिठासपूर्ण आवाज दिएका छन् । लेखु सहयात्रीको संगीत, सुमन केसीको म्युजिक,एरेन्ज रहेको गीतमा दिनेश पराजुलीले छायांकन गरेका छन् ,भने बिशाल नेपालीको कोरियोग्राफी, निर्देशन रहेको गीतमा सचिन खड्का र अस्विनी शाहीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक तिर गीत निकै चर्चामा आएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend