जन आकाश
काठमाडौं । जमाना परिवर्तन भए पनि संगीत सुन्नेहरुबीच पुराना गीत र भिडियोहरुको मोह उस्तै रहेको छ । पुराना म्युजिक भिडियोको झझल्को दिने गरी नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास स्वरूप हालै मात्र चर्चित गायक तथा कम्पोजर बाबुल गिरीले ‘ तँइका ठमक’ बोलको गीत बजारमा सार्वजनिक गरेका छन् ।
यस गीतमा गायक बाबुल गिरी र इब्सल सञ्ज्यालको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । उक्त गीतको शब्द गोविन्द भट्टले गरेका हुन् भने चर्चित नायिका प्रियंका कार्की,बेनिशा हमाल ,बाबुल गिरी र गोविन्द भट्टको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
उत्सव दाहालले छायाङ्कन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । यस भिडियो म्याकल चन्दको निर्देशनमा तयार पारिएको हो । “तँईका ठमक” बोलको गीत गरिमा फिल्मस युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
उक्त गीत छोटो समयमै दर्शकको मन जित्न सफल भइँ सामाजिक सञ्जाल टिकटक, फेसबुकका पेजहरुमा निकै चर्चा कमाएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend