logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

“माया बस्यो” बोलको गीत बजारमा


  • जन आकाश
  • सोमबार, असार ४ २०८१

काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको “माया बस्यो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।



युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा.एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ। निर्मल कुमार लामा (बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक लामाको युट्युव च्यानल सुरेश लामा मार्फत सार्वजनिक भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend