logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपाली क्रिकेट फ्यानहरू देखेर सेन्ट भिनसेन्टका प्रधानमन्त्री आश्चर्य चकित


  • जन आकाश
  • सोमबार, असार ४ २०८१

काठमाडौ । नेपाल क्रिकेटका डाई हार्ट फ्यानहरू मधुकर राजभण्डारी र विजयमान श्रेष्ठ (छोरा सबिस श्रेष्ठ सहित) नेपाली क्रिकेट टिमको हौसला बढाउन नेपाल-अमेरिका हुँदै वेष्ट इण्डिजसम्म पुगेका छन् ।



काठमाडौंबाटै नेपाली टोलीको जर्सी लगाएर अमेरिका-वेष्ट इण्डिज पुगेका उनीहरू टि-ट्वान्टी विश्वकप अन्र्तगत नेपालका सबै खेल हेर्न ढाका झण्डा र टोपी सहित स्टेडियममा उपस्थित भएका थिए । समुह डिमा रहेको नेपालर  बंगलादेश विरुद्धको अन्तिम खेल हुँदै गर्दा किङ्गसटाउन स्टेडियममा उपस्थित सेन्ट भिनसेन्ट एण्ड द ग्रिनाडिनेसका प्रधानमन्त्री राल्फ गोन्साल्भेसलाई उनीहरूले नेपाली टोपी लगाइदिँदै काँधमा राष्ट्रिय झण्डा समेत ओडाइदिएका छन् ।

क्रिकेटप्रेमी मधुकर राजभण्डारीका अनुसार नेपाली क्रिकेटका जर्बजस्त फ्यानहरू देखेर प्रधानमन्त्री गोन्साल्भेस चकित परेका छन् । प्रधानमन्त्री गोन्साल्भेसले नेपाल यस पटक लिग चरणबाटै बाहिरिएपनि नेपाली टिमको भविष्य उज्वल रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend