जन आकाश
काठमाडाै । नयाँबजारमा अवस्थित मनास्लु स्कुल÷कलेजमा “तेस्रो मनास्लु एस इ इ कप बास्केटबल प्रतियोगिता” सम्पन्न भएको छ । असार १ गते सुरू भएको प्रतियोगिता २ गते सम्पन्न भएको हो ।
एस. ई. ई. दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगितामा छात्र तर्फ २६ र छात्रा तर्फ १४ वटा टिम सहभागी भएकोमा छात्र तर्फ आयोजक मनास्लुले प्रथम स्थान हासिल गरेको थियो भने रेडियन्ट स्कुलले द्वितिय स्थान हासिल गरेको थियो । त्यस्तै छात्रा तर्फ जे.एस.ए टिमले प्रथम र थन्डर स्ट्राइक टिमले द्वितिय स्थान हासिल गरेका थिए ।
निकै उत्साहजनक रूपमा सञ्चालन भएको उक्त प्रतियोगिताको “मस्ट भ्यालुएबल प्लेयर” को उपाधी छात्र तर्फ बिक्की स्याङ्बो र छात्रा तर्फ सराह डंगोलले प्राप्त गरे ।
प्रतियोगितामा प्रथम हुने टिमहरूले नगद रू १५,००० र ट्रफी र द्वितिय हुने टिमहरूले रू १०,००० र ट्रफी प्राप्त गरेका थिए । उक्त प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कलेजका सि.इ.ओ नरेश प्रसाद श्रेष्ठले बास्केटबल प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना भए छात्रवृत्ति प्रदान गरिने बनाउनु भयो ।
बास्केटबल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल बास्केटबल संघ (नेबा)का महासचिव नरेन्द्र थापाले गर्नुभएको थियो भने समापन समारोहमा कलेजका कार्यकारी निर्देशक जे.वि दवाडी, प्राचार्य सुचिता शाक्य, कार्यक्रम निर्देशक कविराज अंगाइ, कार्यक्रम संयोजक नविन शाक्य, माध्यमिक तह संयोजक एवम् परीक्षा प्रमुख नवराज भट्ट एवम् प्रशासकीय अधिकृत सुमन खनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रम बास्केटबल प्रशिक्षक शैलेस श्रेष्ठको संयोजकत्वमा संचालन भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend