logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भदौ २१ गते “देवी” फिल्म प्रदर्शनमा


  • जन आकाश
  • मंगलबार, असार ५ २०८१

काठमाडौँ । फिल्म ‘देवी’ अगामी भदौ २१ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ । तीजलाई लक्षित गर्दै निर्माण युनिटले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।



अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव पहारीको मुख्य भूमिका रहेको फिल्म सन्जोग राईले निर्देशन गरेका हुन् । फिल्मले महिलामाथि हुने यौनजन्य हिंसा विरुद्धको कथा उठाएको बताइएको छ ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मले सहकार्य गरेको फिल्ममा शिल्पा र गौरवका अलावा टीका पहारी, नाजिर हुसेन लगायतको पनि अभिनय छ ।

रेमन गुरुङ, नारायण राई र सन्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायाङ्कन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend