logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

१९ औँ राष्ट्रिय एमटीबी डाउनहिल प्रतियोगिता सुरु


  • जन आकाश
  • शुक्रबार, असार ८ २०८१

काठमाडौँ । नेपाल साइक्लिङ सङ्घले आज र भोलि १९ औँ राष्ट्रिय एमटीबी क्रस कन्ट्री तथा एमटीबी डाउनहिल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरू सहभागी भएका छन् ।



प्रतियोगिता गोर्कर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ स्थित जगडोल सहिद पार्कमा हुँदैछ । प्रतियोगितामा ९० जना पुरुष तथा महिला साइक्लिङ खेलाडीहरूले भाग लिएका छन् । यो अवसरमा विभिन्न तहका खेलाडीहरूबिच प्रतिस्पर्धा हुनेछ । जसले राष्ट्रिय स्तरमा साइक्लिङ खेलको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल साइक्लिङ सङ्घले सम्पूर्ण खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूलाई यो रोमाञ्चक प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ। यस प्रतियोगिताले नेपालमा साइक्लिङ खेलको जनचेतना बढाउन र भविष्यका खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend