logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायो


  • जन आकाश
  • शनिबार, असार ९ २०८१

काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।



अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले एक विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गरेको हो । सहज जित निकाल्ने क्रममा वेस्ट इन्डिजका ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौका मद्दतमा ८२ रनको अविजित इनिङ खेले ।

अर्का ओपनर जोनसन चार्ल्स १५ रनमा आउट हुँदा निकोलस पुनर घ छक्का र एक चौकासहित २७ रनमा अविजित रहे । अमेरिकाका हरमीत सिंहले एक विकेट लिए । यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भएको थयो । अमेरिकाका एन्ड्रिस गोसले २९, नितिश कुमारले २०, मिलिन्द कुमारले १९, श्याडली भान श्यालवाएकले १८, अली खानले १४ र बरोन जोन्सले ११ रनको योगदान गरे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले तीनरतीन, अल्जारी जोसेपले २ तथा गुडाकेश मोतीले एक विकेट लिए । सुपर-८ को पहिलो खेलमा वेष्ट इन्डिज इंग्ल्यान्डसँग पराजित भएको थियो भने अमेरिका साउथ अफ्रिकासँग पराजित भएको हो ।

अमेरिकाको यो दोस्रो हार हो । यससँगै अमेरिकाको अघिल्लो चरणको सम्भावना पनि सकिएको छ । समूह २ मा साउथ अफ्रिका २ खेल जितेर ४ अंकका साथ शीर्ष स्थानमा छ भने एकरएक खेल खेल जितेर २र२ अंक जोडेका वेस्ट इन्डिज र इंग्ल्यान्ड क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend