logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हर्कको जवानी लिलाम भो सार्वजनिक


  • जन आकाश
  • आइतबार, असार १० २०८१

काठमाडौं – अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात जवानी लिलाम भो सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।



राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियोको कथा तयार पारिएको छ। भिडियोमा दिक्पाल कार्की, जी.वी. चिरन, चिरन्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको छ।

राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् । देवी राई निर्मात्री रहेको यस म्युजिक भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक चाम्लिङको युट्युव च्यानल हर्क चाम्लिङ अफिसिएलु मार्फत सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend