जन आकाश
राजधानीमा सडक आफैमा व्यस्त हुन्छ यहा सवैलाई हत्तार भईरहेको हुन्छ । भीडमा एउटा सावरी साधनले अर्कोसँग ठोकिने होकी भन्ने त्रही त्रही भएर सवारी कुदाईरहेको वेलामा चर्को आवाज निकाल्दै साना–साना स्पेश भएको ठाउँवाट बाइक आईपुग्छन् । ति वाइकहरुको साइलेन्सर यति चर्को आवाज हुन्छकि मानिस तर्सेर नै र्दुघटना होला जस्तो हुन्छ । कतिपय आत्तिने स्वभाव भएका मानिसले सवारी साधन चलाएको वेलामा यस्ता साइलेन्सर चर्को आवाज निकाल्ने वाइकका कारण र्दुघटना पनि हुने गरेकाछन् ।
त्यैले यस्ता चर्को आवाज निकाल्ने वाइकलाई नेपालमा प्रतिबन्ध नै लगाउनु पर्ने देखिन्छ । मनिसको सुरक्षित गन्तव्य पुग्ने यात्रमा अवरोध हुनुहुदैन । सार्वजनिक स्थलमा आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने हुन्छ । ति बढी साईलेन्सर जडान भएका वाईक चालकहरुले अन्य सवारी चालकहरुलाई अवरोध गरेर वाईक चलाई राखेकाछन् । त्यसकारण समबन्धित निकायले यस्ता विषयमा छिटोभन्दा छिटो चर्को आवाज निकाल्दै सडकमा कुद्ने वाईकलाई किनबेच गर्न नै रोक लगाउनुपर्छ ।
सयमा नै यसको रोक थामको उपाय गरेन भने र्दुघटना हुने सम्भावना छ । घटना भएपछि मात्र छानविन समिति बनाउने नेपालको चलन छ । घटना घटेपछि पछुताउनु भन्दा घटना हुन नदिनु चै बुद्धिमानी काम हो । त्यसैले चर्को स्वार निकालेर ठुलो स्केलका साइलेन्सर भएका वाइकहरुलाई तुरुन्तै बिक्री वितरणमा नै रोक लागाउन थाल्नुपर्छ ।
अर्को तर्फ त्यस्ता वाइक किनेर अम¥यादित ढंगवाट वाइक कुदाउनेलाई पनि कानूनी कारवाही कडा रुपमा गर्नुपर्छ । किनकि यो सामान्य विषय होइन । सार्वजनिकस्थलमा सवारी साधन कुदाउदा नियमपूर्वक सावधानी अपनायर कुदाउनु पर्ने ठाउँमा जथाभावी सवारी साधन कुदाउनेलाइ नियन्त्रण गरिएन भने भोलीको दिनमा निम्तन सक्ने र्दुघटना निक्कै डरलाग्दो अवस्थामा जान सक्छ ।
त्यसैले सुरक्षित यात्रको लागि चर्को आवाज निकाल्ने सवारी साधन विशेष गरेर वाईकहरुलाई वेलैमा नियन्त्रण गरी त्यस्ता चर्को स्वर निकालेर कुद्ने वाईक र कुदाउने चालकलाई नियान्त्रण गरौ र त्यस्ता चर्को स्वार निकाल्ने वाइक कम्पनीलाई नेपालमा किनबेच नै बन्द गराउ र गन्तव्यसम्म सुरक्षित यात्रा गर्ने यात्रुरुको सुरक्षा गरौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend