जन आकाश
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको (VENUE )को मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ।
नेपालमा नै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY ग्राहकमुखी योजना ल्याएको छ । यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था , १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा VENUE मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु Hyundai Motor Company मा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend