जन आकाश
काठमाडौं । गायक शान भुषालको नयाँ गीत सार्वजनिक भएको छ।
बिहीबार शान भुषालको युट्युब च्यानलमार्फत “मायाको धुन” बोलको गीत सार्वजनिक गरिएको हो। रितिका श्रेष्ठको शब्द रहेको गीतमा गायक भुषालले संगीत भरेका हुन्।
प्रदीप लामाले निर्देशन गरेको गीतको भिडिओमा प्रदीपसँगै केविका कार्की फिचर्ड छन्। गायक भुषालका अनुसार यो गीत दोलालघाट र नगरकोटमा छायांकन गरिएको हो। गीतलाई पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend