जन आकाश
काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म “कल्की २८९८ एडी” प्रदर्शनमा आएको छ ।
यो फिल्म बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको हो। नेपालमा पनि बिहीबारदेखि नै फिल्म प्रदर्शनमा आएको छ। नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ।
यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हो। भारतीय सञ्चारमाध्यमका टाइम्स अफ इन्डियाका अनुसार फिल्मको बजेट ६०० करोड भारू छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend