जन आकाश
काठमाडौँ । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार बिहान सकिएको खेलमा अमेरिका पानामसँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ ।
जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो । १० खेलाडीमा समेटिए पनि अमेरिकाले २२ औँ मिनेटमा सुरुआती अग्रता लियो । फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन । पानामका सिसर ब्ल्याकम्यानले २६ औँ मिनेटमा बराबरी गोल गरेका थिए । जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राकोे पासमा ८३ औँ मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो ।
८८ औँ मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो । जितसँगै पानामाले पहिलो ३ अङ्क जोडेको छ । समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अङ्कका साथ दोस्रो स्थानमा छ ।
यही समूहमा उरुग्वे पनि तीन अङ्कका साथ शीर्ष स्थानमा रहँदा बोलिभियाभने अङ्कविहीन हुँदै तालिकाको पुच्छारमा छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend