logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘पुजार सार्की’ हङकङमा प्रदर्शन


  • जन आकाश
  • सोमबार, असार १८ २०८१

काठमाडौँ । अभिनेता आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बु र लेखक विकास सुवेदी अहिले हङकङमा छन् । फिल्म ‘पुजार सार्की’को प्रदर्शनका लागि उनीहरु त्यहाँ पुगेका छन् । फिल्मको आइतबार आयोजित शो राम्रो भएको बताइएको छ ।



हङकङको व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले फिल्म हेरेका थिए । कलाकारहरूसँग बसेर फिल्म हेर्न पाउँदा दर्शक दङ्ग देखिन्थे । हङकङको लागि वीरेन थापा ‘बिरे’ले फिल्म प्रदर्शन अधिकार लिएका छन् ।

नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गतेबाट प्रदर्शनमा आएको थियो । दिनेश राउत निर्देशित फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको मुख्य भूमिका छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend