logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

अष्ट्रियालाई हराउँदै टर्की १६ वर्षपछि युरो क्वाटरफाइनलमा


  • जन आकाश
  • बुधबार, असार २० २०८१

काठमाडौं । मेरिह डेमिरको दुई गोलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै टर्की युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।



जर्मनीमा भइरहेको युरो २०२४ मा ठिकैको प्रदर्शन गरिरहेको टर्कीले १६ वर्षपछि युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो । लाइपिजगस्थित रेडबुल एरेनामा मंगलबार भएको खेलमा डेमिरलले खेलको पहिलो मिनेटमै गोल गर्दै टर्किएलाई अग्रता दिलाएका थिए । उनले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा अष्ट्रियाका माइकल ग्रेगोरिट्स्चले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा टर्कीले अन्तिम ८ मा स्थान बनाएको हो ।

फ्रान्स र नेदरल्याण्ड्स जस्ता टिम रहेको समूहमा समूह विजेता बनेको अष्ट्रियाले नकआउट चरणमा पनि त्यस्तै नतिजा निकाल्ने योजना बनाए पनि सफल भएन । अब सेमिफाइनल प्रवेशका लागि टर्कीले नेदरल्याण्ड्ससँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend