logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

१० वर्षदेखि त्यही ‘हैट’ भन्दै बसिरहेको छुः बुद्धि तामाङ


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८१

काठमाडौं– कुनै समय काठमाडौंमा टिक्न डालोमा बदाम र गाडामा खोर्सानी बेच्ने गरेका बुद्धि तामाङ अहिले नेपाली फिल्मका सर्वाधिक व्यस्त र रुचाइएका चरित्र भिनेतामा पर्छन् । फिल्म ‘कबड्डी’मा बोलेको ‘हैट’ थेगोले उनलाई कलाकारिता क्षेत्रमा स्थापित गरिदियो । यही थेगो उनको पहिचान बन्यो । आजका दिनमा पनि उनी वास्तविक नामले भन्दा ‘हैट’ थेगोका कारण नै दर्शकमाझ बढी चिनिन्छन् ।



‘हैट’ थेगोले दिएको लोकप्रियताका कारण करिब एक दशकदेखि लगभग हरेक फिल्ममा बुद्धिलाई यही थेगो बोल्न लगाइएको छ । र, दर्शकले पनि उनीबाट यही अपेक्षा राख्छन् । त्यसैले मेकरहरुले उनलाई फरक चरित्रमा प्रस्तुत गर्नुभन्दा जे विकेको छ त्यसैमा उतारिरहेका छन् । ‘हैट’ थेगो बोलेर उनी भने दिकदार हुन थालिसकेका छन् । तर, फरक चरित्र नआउँदा उनीसँग विकल्प छैन ।

उनी भन्छन्, ‘मलाई पनि महसुस हुन्छ कि विगत १० वर्षदेखि त्यही ‘हैट’ भन्दै बसिरहेको छु । अब त ‘इडिटेड’ भइन्छ होला, यसैले फरक चरित्र पाए हुन्थ्यो भन्ने लाग्छ । तर, आफूले सोचेको जस्तो क्यारेक्टर पाउन त गाह्रो छ । किनकि, कलाकारलाई विश्वास गर्ने वातावरण खासै छैन । फरक चरित्र गर्नलाई ठूलै भाग्य बोकेर आउनुपर्छ । म छोटो मान्छे भएकाले होला, भाग्य पनि छोटै रहेछ ।’

‘हैट’ थेगो बोल्नुपर्ने फिल्म भएपनि उनी रिजेक्ट भने गर्दैनन् । किनकि, उनी सबै फिल्मलाई समान मान्छन् । ‘यो भयंकर राम्रो हुन्छ वा यो त राम्रो चल्दैन होला भन्ने हिसाबले म फिल्म छान्दिनँ । मेरो लागि सबै फिल्म समान हो । क्यारेक्टर एउटै खालको भयो भनेर काम गर्न पन्छिएको पनि छैन,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend