logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

करण परियारकोे “मैले सम्झिने मान्छे” सार्वजनिक


  • जन आकाश
  • आइतबार, असार २४ २०८१

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको एकपछि अर्को गीत सार्वजनिक हुन थालेका छन्।



केही दिनअघि उनको स्वरमा “सुस्तरी” बोलको गीत सार्वजनिक भएको थियो। त्यसको केही दिनमै नयाँ गीत “मैले सम्झिने मान्छे” सार्वजनिक भएको छ। यो गीतमा करणसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर छ। यो प्रेमिल गीतको भिडिओमा मोडल सनिशा भट्टराई र शितल वाग्लेको अभिनय छ।

गीतलाई डा. बिष्णु दाहालले लेखेका हुन्। अर्जुन पोखरेलको संगीत रहेको गीतमा महाराज थापाको एरेन्ज छ। निकेश खड्काको निर्देशनमा तयार भिडिओलाई मानकृष्ण महर्जन र पवन सुस्लिङले छायांकन, विकास धमलाले सम्पादन गरेका हुन्।

करणको यो नेपाल आइडल विजेता भएपछिको दोस्रो गीत हो। उनले एक दर्जन हाराहारी गीतमा स्वर दिइसकेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend