logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राज र समिक्षाको “चट्ट रुमालमा” सार्वजनिक


  • जन आकाश
  • सोमबार, असार २५ २०८१

काठमाडौं । नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको “चट्ट रुमालमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।



यादब लम्सालको शब्दमा रहेको यस गीतलाई अर्जुन पोखरेलको संगीत रहेको छ। गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्। माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई “ओएसआर” डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend