logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राजन र अस्मिताको आवाजमा “आकाशको जून धर्तीमा” सार्वजनिक


  • जन आकाश
  • सोमबार, असार २५ २०८१

काठमाडौँ । राजन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडीले एकअर्कालाई व्यक्त गरेको भावना प्रस्तुत गरिएको छ।



गीतका शब्द, सङ्गीत राजन स्वयमकै हो भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन् । डान्सिङ नम्बरको गीत लोक–आधुनिक शैलीमा तयार भएको छ । भिडियोमा गरिमा शर्मा र अस्मिक लम्सालको अभिनय छ ।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाङ्कन, दीपक विष्टले सम्पादन छ । उक्त गीत अहिले सामाजिक सञ्जाल टिकटक,फेसबुकका पेजमा निकै चर्चामा आएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend