जन आकाश
काठमाडौं । मोड्ल बिष्णु कुँवर र हिरा रसाइलीको अभिनयमा “दुखेको मन” बोलको गीत बिष्णु कुँवर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द हरी जी ओलीको रहेको छ भने तुलसी घर्ती मगर र हरी जी ओलीले मिठासपूर्ण आवाज दिएका छन् । बिनोद बाजुरालीको यारेन्ज, खडक बाजुरालीको मिक्सिङ रहेको गीतमा प्रकाश खड्काले छायांकन गरेका छन् । बिष्णु कुँवरको निर्देशन, रहेको गीतमा हिरा रसाइली ,बिनोद कार्की र बिष्णु कुँवर स्वयमको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
केही हप्ताअघि मोड्ल बिष्णु कुँवरले “मुटु खायो” बोलको गीत बजारमा सार्वजनिक गरेका थिए । उक्त गीत छोटो समयमै दर्शकको मन जित्न सफल भयो । सोही गीत सार्वजजि भएको तिन हप्ता नपुग्दै कुँवरले “दुखेको मुटु” बोलको निकै मार्मिक भाका बजारमा सार्वजनिक गरेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend