जन आकाश
काठमाडौं । लोक प्रिय मोड्ल तथा सर्जक बिनोद सुन्दासको शब्द र प्रमोद खरेलको आवाजमा “रुनुको के अर्थ ” बोलको गीत बिमल अधिकारी अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द बिनोद सुन्दासको रहेको छ भने चर्चित गायक प्रमोद खरेलले मिठासपूर्ण आवाज दिएकाछन् । रोशन सिंहको संगीत, विशाल निरौलाको यारेन्ज रहेको गीतमा प्रकाश खड्काले छायाँकन गरेकाछन् । बिनोद सुन्दास स्वयमको भिडियो निर्देशन रहेको गीतमा R.b श्लेष,प्रितिका शर्मा र बिमल अधिकारीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ । भिडियोमा दूई जोडी बिचको धोकाको कथालाई प्रस्तुत गरिएको छ ।

मोड्ल तथा निर्देशक बिनोद सुन्दासका थुप्रै गीतहरु सार्वजनिक भइसकेकाछन् । भने कति गीतले इतिहास समेत रच्न सफल भएकाछन्। “रुनुको के अर्थ ”बोलको गीतबाट पनि दर्शक, स्रोताको अपार मायाँ पाउने सुन्दासले अपेक्षा राखेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend