logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हाँस्य कलाकार सागर लम्साल ‘बले’को लगनगाँठो


  • जन आकाश
  • आइतबार, असार ३१ २०८१

काठमाडौं । बले उपनामले परिचित हाँस्य अभिनेता सागर लम्साल विवाह बन्धनमा बाँधिएका छन् । आइतबार झापाकी स्नेहा दंगालसँग उनले लगनगाँठो कसेका हुन् ।



यतिबेला चाबहिलको एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह चलिरहेको छ । पेशाले नर्स रहेकी स्नेहासँग सागरको मागी विवाह भएको हो । प्राप्त एक तस्वीरमा उनीहरु बेहुला-बेहुलीको पहिरनमा हर्षित भावमा देखिएका छन् ।

चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’मा निर्वाह गरेको ‘बले’ चरित्रले चर्चामा आएका सागरले फिल्ममा समेत अभिनय गरेका छन् । निर्माता छवि ओझाको ‘लोफर’बाट फिल्ममा ब्रेक पाएका उनले ‘लज्जा’ र ‘हैरान’ फिल्ममा पनि अभिनय गरेका छन् । तर, करिब ५ वर्षदेखि उनी कुनै फिल्ममा देखिएका छैनन् । बरु यो बीचमा उनले सयौं म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

अब सागर ‘सक्किगोनि’ समूहकै फिल्म ‘लाज शरणम्’मा मुख्य भूमिकामा देखिँदैछन् । आगामी फागुन १४ गते (महाशिवरात्री) लाई फिल्मको प्रदर्शन मिति समेत घोषणा भइसकेको छ । यो फिल्मपछि ‘बले’ आफैं फिल्म निर्माण गर्ने योजना छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend