जन आकाश
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको “Hyundai Festive Delight 2080” अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।
“Hyundai Festive Delight 2080” अफरको विजेताको घोषणा Hyundai Nepal मा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कन मगर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहेका थिए ।
“Hyundai Festive Delight 2080” अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाइ बिर्तामोडका ग्राहर्कले हुन्डाई Exter जितेकाछन् ।
यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र “Hyundai Festive Delight 2080” योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend