logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एएफसी महिला च्याम्पियन्स लिगको पहिलो संस्करणको ड्र सार्वजनिक


  • जन आकाश
  • बिहिबार, साउन ३ २०८१

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको पहिलो संस्करणको ड्र सार्वजनिक भएको छ। लिगको प्रारम्भिक चरणमा नेपालको एपिएफ क्लबले खेल्दैछ।



प्रारम्भिक चरणमा एपिएफ समूह ‘सी’ मा परेको छ। अगस्टमा हुने प्रारम्भिक चरणमा एपिएफले उज्वेकिस्तानको पिएफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्ने भएको छ। यो समूहको प्रारम्भिक चरणका खेल मलेसियामा हुनेछन्। खेलहरू अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइनेछ।

चार समूह विजेताहरू प्रारम्भिक चरणबाट समूह चरणमा पुग्नेछन्। जहाँ तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । समूहको शीर्ष स्थानमा रहदै प्रारम्भिक चरण पार गर्न सके एपिएफले जापान, कोरिया, चीन, अस्ट्रेलिया, भियतनाम र थाइल्यान्डका क्लबहरूसँग खेल्ने मौका पाउनेछ।

एपिएफले दुई वर्षअघि चितवनमा भएको महिला लिगको विजेतको आधारमा नेपालबाट च्याम्पियन्स लिग खेल्न लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend