जन आकाश
काठमाडौं । पछिल्लो समय मोड्ल बिष्णु कुँवर निकै चर्चामा आएकाछन् । उनले गरेका हरेक सिर्जना चर्चामा आउने गर्दछन् । पछिल्लो समय नयाँ ,नयाँ मोडलसँग अभिनयमा कुँवर निकै व्यस्थ देखिन्छन् । उनले अभिनय गरेका कति गीत चचर्चामा छन् भने कति गीतले इतिहास समेत रच्न सफल भएकाछन् । बिगत लामो समयदेखि म्युजिक भिडियोमा अभिनय गर्दे आएका मोड्ल तथा कलाकार बिष्णु कँवरले पछिल्लो समय “मुटु खायो तिम्रो मायाले” बोलको गीत बजारमा सार्वजनिक गरेकाछन् । उक्त गीत अहिले नेपाली सागीतिक बजारमा तहल्का पिटी रहेको छ ।
मिन प्रकाश ओलीको शब्द रहेको गीतमा चर्चित गायक अर्जुन सापकोटा र पुजा देवकोटाले मिठासपूर्ण आवाज दिएका छन् । भने मीन प्रकाश ओलीको म्युजिक, आरेम सुनारको यारेन्ज,मिक्सिङ रहेको गीतमा प्रकाश खड्काले छायांकन गरेका छन् । मोड्ल बिष्णु कुँवर स्वयमको निर्देशन, रहेको गीतमा ,हिरा रसाइली,कमेडी याक्टर बिनोद कार्की र विष्णु कुँवरको अभिनय रहेको छ ।
त्यस्तै मोड्ल बिष्णु कुँवर र हिरा रसाइलीकै अभिनय रहेको “दुखेको मन” बोलको गीत पनि सार्वजनिक भएको छ । उक्त गीतमा मोड्ल बिष्णु कुँवर र हिरा रसाइलीको अभिनय रहेको छ भने तुलसी घर्ती मगर र हरी जी ओलीले मिठासपूर्ण आवाज दिएकाछन् । गीत (Bishnu kunwar) अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
दुई ओटै गीतले दर्शको राम्रो प्रतिक्रिया पाएपछि मोड्ल बिष्णु कुँवर अहिले नयाँ सिर्जनाको तयारीमा लागेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend