logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्ससँग खेल्दै


  • जन आकाश
  • शनिबार, साउन ५ २०८१

काठमाडौं  । माल्दिभ्समा भईरहेको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ ।



नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती साँझ पौने ५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघिका दुव‌ै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि भएका कमीकमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । ‘हाम्रो लागि आजको खेलभन्दा पनि सेमिफाइनल खेल महत्वपूर्ण हुनेछ । त्यसैले आजको खेल हाम्रो लागि सेमिफाइनलको तयारी जस्तै हुनेछ,’ घिमिरेले भने ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो । यस्तै माल्दिभ्सले पनि दुवै खेलमा हार बेहोरेको थियो ।

च्याम्पियनसिपमा कीर्गिस्तान र श्रीलंकाको दुई जितबाट समान ४ अंक छ । नेपाल र माल्दिभ्सले कुनै अंक जोड्न सकेको छैन । आजै राति कीर्गिस्तान र श्रीलंकाबीच पनि खेल हुनेछ । आजको दुई खेलपछि लिग चरणमा शीर्ष स्थानमा रहने र अन्य स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।

लिगमा जस्तो नतिजा आए पनि चारै टोलीले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलङ्गा लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend