logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एसिसी महिला एसिया कपमा नेपालले पाकिस्तानसँग भिड्दै


  • जन आकाश
  • आइतबार, साउन ६ २०८१

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले पाकिस्तानसँग भिड्दै छ ।



श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार बेलुका सवा ७ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक एसिसी महिला एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो।

यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो । खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत पनि छ। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन्।

नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। खेलमा ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौका प्रहार गर्दै नटआउट ७२ रन जोडेकी थिइन्। सम्झनाको त्यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक थियो।

साथै युएईविरूद्धकै खेलमा नेपाली महिला ब्याटरले टी-२० अन्तर्राष्ट्रियमा तेस्रो ठूलो तथा एसिया कपको उच्च स्कोर बनायो। त्यही खेलमा नेपालले पार गरेको ११६ रनको लक्ष्य महिला टी-२० मा अहिलेसम्मकै ठूलो हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend