logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक


  • जन आकाश
  • आइतबार, साउन ६ २०८१

काठमाडौं । विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।



उक्त म्युजिक भिडियो बिहिबार सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो। अमरदीप बीसीको शब्द रचना र संगीत रहेको सो गीतलाई मदन केसीले एरेन्ज गरेका हुन्। लोक ब्याटल्समा आधारित भिडियोमा गोविन्द थापा,स्मिता पल्लि मगर र अर्जुन पौडेलले अभिनय गरेका छन् भने कोरियोग्राफरको भूमिका अन्जना बस्नेतले गरेकी छिन्।

यस्तै भिडियोको निर्देशन राज मगरले गरेका छन्। भिडियोलाई सुमन थापाले खिचेका हुन् भने सम्पादन र कलरिङ पनि उनी स्वयंले गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend