logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल


  • जन आकाश
  • मंगलबार, साउन ८ २०८१

काठमाडौं । एसिसी महिला एसिया कपमा नेपालले आफ्नो समूहको अन्तिम खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको दाम्बुला रंशगालामा हुने खेल राति सवा ७ बजे सुरू हुनेछ।



नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। तर दोस्रो खेलमा भने नेपालले पाकिस्तानसँग हार बेहोर्‍यो। दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावना कठिन बनेको थियो।

आजै पाकिस्तान र युएईबीच खेल हुनेछ। यो खेलमा पाकिस्तानले जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिनेछ। पाकिस्तान पराजित भएर तथा नेपालले भारतलाई हराएको अवस्थामा मात्र नेपाल अन्तिम चारमा पुग्ने सक्ने कठिन समिकरण भने बाँकी छ।

भारत भने लगातार दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ। भारतले पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend